सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन १। पुर्व प्रधानमन्त्रि तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सबै राजनीतिक शक्ति मिलेर देश निर्माणमा जुट्न पर्ने बताउनु भएको छ।
आज (बुधबार) जनयुद्ध दिवसको अवसरमा नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा दाहालले भने, म यहाँबाट सबैलाई अपिल गर्छु, राजनीतिक शक्तिहरु एकताबद्ध भए मात्र हामीले देखेको नयाँ नेपालको समृद्ध यात्रा पूरा हुन्छ। नेपाललाई समाजवादको नयाँ दिशातिर लैजान सकिन्छ।’
‘सबै आम नागरिक कम्युनिष्ट साथी तथा सबैलाई यो सानो राजनीतिक समृद्धिको यात्रामा समाहित हुन आग्रह गर्छु। सबैजना एकैठाउँमा गोलबद्ध हुनु जरुरी छ।’
अधिकांश समय राजनीतिक शक्तिहरुलाई एकताबद्ध हुन आग्रह गरेका उनले यो एकताबाट विश्व नै चकित परेकाले सबैलाई एकताको सन्देश गएको बताए।
‘विगतका राजनीतिक आन्दोलनले सबैलाई एकै ठाउँमा उभिएर जान प्रेरणा दिएको पनि
उनले बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा