सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तेह्रथुम, माघ १८। नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकको अधिकारसहित विकास गर्न राजनीतिक शुद्धीकरण हुनुपर्ने बताएका छन् । नयाँ शक्ति पार्टी नेपालले यही माघ १५ गतेदेखि मुलुकभर सञ्चालन गरिरहेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ कार्यक्रमलाई म्याङलुङमा आज सम्बोधन गर्दै नेता भट्टराईले जनताको सहभागितासहितको राजनीतिलाई सबै नागरिकको विकासका लागि उपयोग गर्न जोड दिए ।
डा. भट्टराईले नेतृत्वले राजनीतिलाई व्यावसायिक पेशाको रुपमा लिएर विकृतिको विकास गरेको आरोप लगाउँदै, राजनीतिलाई जनताको सेवा गर्ने थलोका रूपमा संस्थागत गर्नुपर्ने बताए । डा. भट्टराईले वर्तमान परिवेशमा डा. गोविन्द केसीको शिक्षा र स्वास्थ्यसम्बन्धी जायज मागको आफ्नो पार्टीको सर्मथन रहेको बताउँदै अन्य माग बढाउँदै लगेकामा भने शङ्का व्यक्त गरे ।
विकासले नागरिकलाई विस्थापित गर्न नहुँने बताउँदै यसो भएमा राज्यले उचित मुआब्जासमेत पाउनुपर्नेमा जोड दिँदै विकासलाई नागरिकको सम्पतिको रूपमा लिन सरोकारवालालाई आग्रह रे।
मेचीकाली अभियानमा नेता भट्टराईको साथमा उहाँनकी धर्मपत्नी हिसिला यमी तथा पार्टीका अन्य केन्द्रीय कमिटीका नेता सहभागी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा