सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ३ । प्रधानसेनापति पूर्णचन्द्र थापा भारतबाट नेपाली सेनाकै हेलिकोप्टरमा स्वदेश फर्किएका छन्। भारतको औपचारिक भ्रमण पूरागरि बुधबार नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट स्वदेश फर्केका हुन्। १२ वर्षअधि तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवालले पनि भारतको औपचारिक भ्रमणमा जाँदा र स्वेदश फिर्ता हुँदा नेपाली सेनाकै जहाज प्रयोग गरेका थिए।
प्रधानसेनापति थापा पुस २७गते भारतीय स्थल सेनाको मानार्थ महारथी सम्मान ग्रहण गर्न दिल्ली गएका थिए। सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालका अनुसार प्रधानसेनापति थापा लखनउबाट इमआई–१७ हेलिकोप्टरबाट विमानस्थल ओर्लिएका हुन् भन्ने खबर काराेबार दैनिकमा छ।
‘पछिल्लो १२ वर्गायता प्रधानसेनापतिज्यूहरु गैरसैनिक जहाजमार्फत् भारतको औपचारिक भ्रमण पूरा गरी फिर्ता हुनुभएको थियो।’ सैनिक प्रवक्ता ढकालले भने, ‘यस पटक प्रधानसेनापति नेपाली सेनाकै एमआई–१७ हेलिकोप्टरमा औपचारिक भ्रमण पूरा लखनउबाट काठमाडौं आउनु भएको छ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा