सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तनहुँ, असोज २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने नागरिक पछुताउन थालेको टिप्पणी गर्नुभएको छ ।
कांग्रेस व्यास नगरसमिति वडा नम्बर १० ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बढ्दो महँगी, भ्रष्टाचार, बलात्कारका घटना न्यूनिकरणमा सरकार असफल भएसँगै नागरिक निराश हुन थालेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नागरिकले जे सोचेर कम्युनिष्ट पार्टीलाई बहुमत दिएका थिए, सरकारले जनभावनाअनुसार काम गर्न सकेन ।’ नेता पौडेलले स्थानीयस्तरको विकासका लागि व्यास नगरपालिका तथा जिल्ला समन्वयमा गएर माग राख्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा