सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तान आर्मीका लेफ्टिनेंट जनरल असीम मुनीर खुफिया एजेन्सि आईएसआईको नयाँ चिफ बनेका छन् । पाक आर्मीको मिडिया विंगले बुधबार पुष्टि गर्दे असीम मुनीरलाई आईएसआईको नयाँ जनरल डाइरेक्टर नियुक्त गरेको हो । १ अक्टोबरमा आईएसआईका पुर्व डीजी नावीद मुख्तारको रिटायरमेन्ट पछि खुफिया एजेन्सिको ठाउँ खाली भएको थियो ।
मुनीर उत्तरी क्षेत्रको सेना कमाण्डको कमाण्डरको रुपमा पनि सेवा गरीसकेका छन् ।
नवीद मुख्तरलाई ११ सेप्टेम्बर २०१६ मा आइएसाइ महानिर्देशकको जिम्मेदारी सुम्पिएको थियो । सेना प्रमुख जनरल कमर जावेद बाजवाको अध्यक्षतामा बसेको बोर्डले ६ जनरलको पदोन्नतीको मञ्जुरी दिएको थियो । पदोन्नती पाउने सैन्य अफिसरमा मेजर जनरल नदीम जकी मंज, मेजर जनरल सैयद मोहम्मद अदनान र मेजर जनरल वसीम अशरफ सहभागी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा