सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ५ । २१ दिन देखी अनसनरत डा. गोविन्द के.सीको समर्थनमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले आज राजधानीमा विशाल प्रदर्शन गरेको छ । प्रदर्शनमा निशेधित क्षेत्र तोड्न खोजेको भन्दै नयाँ वानेश्वरमा प्रर्दशनकारी र प्रहरी विच दोहोरो झडपमा प्रहरी इन्पेक्टर खेम नेपाल घाइते भएका छन् । भने तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित केयौ प्रदर्शनकारी घाइते भएका छन् ।
शनिबार राजधानीको माईतीघरमण्डलामा जम्मा भएको तरुणदलको हजारौ संख्याको र्याली नयावानेश्वर तर्फ बढ्दे जाने क्रममा र्यालीलाई निशेधित क्षेत्र भन्दै सुरक्षाकर्मीले बानेश्वरको एभरेष्ट बैक अगाडी रोकेपछि झडप भएको हो । प्रहरीले उनीहरुलाई रोक्न बल प्रयोग गर्दा सभास्थलमा तनाव भएको हो।
तरुण दल भन्दा अघि डाक्टर केसीको समर्थनमा सडकमा उत्रिएर सभा गरिरहेकाका विवेकशिल साझा पार्टी तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले सम्बोधन गर्ने क्रममा झडप भएको हो । उनीहरूलाई तितरवितर पार्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्दा नयाँ बानेश्वरमा तनाव भएको हो। तरुणदलसँगको झडप भएपनि केसीको समर्थनमा जारी कार्यक्रममा भने कुनै असर परेन ।
हेनुहोस तस्विरहरु
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा