सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असार ३० । असार ९ गते देखी बेपत्ता पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहान तनुहँको भिमादको सेती नदिकिनारमा सव फेला परेको छ ।
उनी हराएको २२ दिन पछि भिमानबाट सव फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको सवलाई आफ्न्तले पहिचान गरे पछि प्रहरीले मुचुल्का उठाउन थालेको छ । मुचुल्का गरे पछि उनको सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ल्याउने छ ।
असार ९ गते शनिबार विहान करिब ५ बजे तिर घरबाट निस्किएका उनी बेपत्ता थिए । उनी वेपत्ता भएको खबर पाउने वित्तिकै कास्की प्रहरी सहितको रेस्क्यू टोलीले सेती किनारमा खोजी गरिरहेको थियो ।
घरबाट सरसफाइको कार्यक्रम जाने भन्दै निस्किएका थिए । पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका थिए ।
उक्त नोटमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको प्रहरीले बताएको छ ।
पत्रमा लेखिएको छ ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा