सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षालाई सबल बनाउने उद्धेश्यले कार्य गर्दै आईरहेको टिच फर नेपालसंग सहकार्य गर्दै नेपालबंगलादेश बैंक लि. ले संयुक्त रूपमा सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान सुरू गरेको छ ।
यस अभियानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबाट स्नातकतह उत्तीर्ण नेपाली युवाहरूलाई २ वर्ष स्वयंसेवी शिक्षकको रूपमा अंग्रेजी, गणित र विज्ञान विषयहरूमा देशका विभिन्न ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयहरूमा शिक्षण गराईने छ ।
२०७१ सालमा सिन्धुपाल्चोक जिल्लाबाट टिच फर नेपालले सुरू गरेको यस अभियानबाट हालसम्म २०० जनाभन्दा बढी प्रज्ञार्थी (फेलो) हरू सरिक भई सार्वजनिक विद्यालयहरूमा शिक्षण गराई सकेका छन् र हाल ६ वटा जिल्लाका ५१ वटा सार्वजनिक विद्यालयहरूमा १११ प्रज्ञार्थी (फेलो) हरूले ९ हजार भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्षरूपमा शिक्षण गराईरहनु भएको छ ।
यस अभियानलाई निरन्तरता दिदैं ग्रामीण समुदायका वालवालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्य अनुरूप यस बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पांच लाख आर्थिक सहयोग गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा