सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको ग्रुप एफ अन्तर्गत भएको खेलमा जर्मनीलाई दक्षिण कोरियाले २–० गोलले पराजित गर ेको छ।
दक्षिण कोरीयाले साविक विजेता जर्मनीलाई हराउदा पनि कुनै काम लागेन उसले जितेर पनि अन्तिम १६ मा ठाउँ बनाउन सकेन । जर्मनीलाई विश्वकपबाट बाहिर गर्दिएको छ र स्वयम आफु पनि जर्मनीसँगसँगै टुर्नामेन्टबाट बाहिरिएको छ भने ग्रुपको अन्य दुई टिम मेक्सिको र स्विडेन अगिल्लो राउण्डमा प्रवेश गरेका छन् ।
कोरीयाको वाई जी किमले अतिरिक्त समयमा ९० +३ मिनेटमा गोल गर्दे जर्मनी टिम र उसका फ्यानहरुलाई जोडदार झट्का दिए । जर्मनीले उक्त गोलको जवाफ नै दिन नपाउदै कोरीयाले ९०+६ मिनेटमा एच.एम सोनले गोल गर्दे दक्षिण कोरीयाको जीतमा झण्डा गाडे ।
जर्मनीले खेलेको ३ म्याचमा यो दोस्रो हार रह्यो र ३ अंकसँगै टिम ग्रुप एफ मो चौथो नम्बरमा पर्यो । कोरीयाली टिम ले विश्वकप २०१८ को पहिलो जीत दर्ता गर्दे टीम ३ अंकसँगै तेस्रो नम्बरमा रहयो ।
१९३८ पछि पहिलो पटक जर्मनीको टिम नकआउट चरणमा प्रवेश गर्न नसकि पहिलो राउण्डमै हारेर बाहिरियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा