सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वको लोकप्रिय खेल मध्येको एक खेल फुटबलको महासंग्राम फिफा विश्वकप २०१८ आयोजना १४ जुन २०१८ देखी रुसमा शुरु हुन गईरहेको छ । यो टुर्नामेन्टमा विश्वका ३२ देशले भाग लिनेछन् । जो विश्वकप च्याम्पियन बन्नको लागी भिड्नेछन् ।
तर, के तपाईलाई थाहा छ फुटबलमा कुन गोललाई अहिलेसम्म सबैभन्दा उत्कृष्ट गोल मानिएको छ । सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा ईङगल्याण्ड र अर्जेन्टिनाको बिच रोमाञ्चक प्रतिस्पर्धा भईरहेको थियो ।
म्याक्सिकोको अजटेक रंगशालामा करिब १ लाख १५ हजार दर्शक उपस्थित थिए, जहाँ फुटबलका भगवान मानिने म्याराडोना स्वयंम एक्शनमा उत्रिएका थिए । म्यारोडोनाले ११ सेकेन्डमा नै दर्शकहरुलाई तरङगित गर्दे फुटबलको ईतिहासमा अविस्मरणिय गोल गरेका थिए । यो प्रतिस्पर्धा इङ्गल्याण्ड र अर्जेन्टिनाको बिच गर या मरको खेल थियो । जसमा दुबै देशका फ्यानहरुका बिच प्रतिद्धन्दिता समेत चलेको देखिरहेको थियो । यो म्याचको पहिलो गोल विवादित थियो, यद्यपी अगिल्लो गोल जुन डिएगो म्यारोडोनाले गरेका थिए त्यही गोल “गोल अफ द सेञ्चुरी” गोल बन्न पुग्यो ।
डिएगो म्यारोडोनाले हानेको गोल अफ द सेञ्चुरीको भिडियो यस्तो छ
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा