सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपालको दुई दिने राजकीय भ्रमणका लागी नेपाल आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । दुर्इ दिनसम्म नेपालमा बिताउने मोदी आज भारतको पटनाबाट सीधै जनकपुर आउन लागेका छन् ।
भारतीय वायुसेनाको हेलिकोप्टरमा जनकपुर हुँदै काठमाडौं र मुस्ताङसम्मको भ्रमणमा आउन लागेका मोदी नेपालमा करिब ३० घन्टा बिताउनेछन्।
परराष्ट्र मन्त्रालयबाट प्राप्त जानकारी अनुसार आज भारतको पटनाबाट बिहान सवा नौ बजे नेपाल आइपुग्नेछन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् । मोदीले जनकपुरमा दुई घन्टा बिताउने कार्यक्रम छ ।
मोदीलाई जानकी मन्दिरमा नेपाली समकक्षी केपी ओलीले स्वागत गर्नेछन् । मोदीको स्वागत र सुरक्षार्थ जनकपुरलार्इ सफाचट गरी सिँगारिएको छ भने जानकी मन्दिर परिसरमा सर्वसाधारणलार्इ प्रवेश निषेध समेत गरिएको छ ।
दिउँसो १ः३० मा हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गर्ने मोदी राष्ट्रपति, उप–राष्ट्रपतिसँग भेटवार्ता गर्नेछन्।
यस्तो छ भारतीय प्रधानमन्त्रि मोदीको दुई दिने भ्रमण तालिका
बैशाख २८ गते शुक्रबार
– बिहान ९:१५– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।
– ९:३०– जानकी मन्दिरमा पूजा।
– १०:१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।
– दिउँसाे १:३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।
– साँझ ४:००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।
– ४:३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।
– ५:००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।
– ६:००– महाराजगञ्ज, चाबहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।
बैशाख २९ गते शनिबार
– बिहान ६:००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।
– ८:३०– मुक्तिनाथमा पूजा।
– १०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।
– १०:४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।
– ११:३०– होटल हायात प्रस्थान।
– दिउँसाे २:००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।
– साँझ ३:३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा