सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, वैशाख २०। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । २८ वैशाखमा हुने भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको छ ।
राजदूत पुरी नेतृत्वको टोलीले मोदीको अभिनन्दनस्थल बाह्रबिघा मैदान पनि अवलोकन गरेको छ । टोलीले प्रदेश २ का मुख्यमन्त्री, जनकपुर उपमहानगरपालिका मेयर तथा सुरक्षा अधिकारीसँग भ्रमण तयारीको जानकारी लिएको छ । टोलीले नेपाली पक्षलाई मञ्च व्यवस्थापनदेखि सुरक्षाको विषयमा सुझाबसमेत दिएको छ ।
राजदूत पुरी नेतृत्व टोलीले जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलाई पनि भेटेको छ । भ्रमणका क्रममा मोदीले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।
भारतीय हेलिकोप्टर अवतरणको पूर्वाभ्यास
भारतीय इन्डियन फोर्सको हेलिकोप्टर बुधबार बाह्रबिघा मैदानमा अवतरण गरेको छ । जेडपी ५११९ हेलिकोप्टर पूर्वाभ्यासका लागि आएको हो । मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै छन् । भ्रमणका वेला तीन हेलिकोप्टर अवतरणका विषयमा अभ्यास गरिएको हेलिकोप्टरका पाइलटले सुझाबसमेत दिएका छन् । उनले नेपाली अधिकारीलाई ३० देखि ४० मिटरको दूरीमा हेलिप्याड बनाउन सुझाब दिएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार प्रदेश २ सरकारले भने मोदीको हेलिकोप्टर जनकपुर विमानस्थलमा अवतरण गराउन भारतीय पक्षलाई आग्रह गरेको छ । बाह्रबिघामा बालुवा–गिट्टी बढी भएकाले हिँड्न समस्या हुन सक्ने भन्दै यस्तो आग्रह गरेको स्रोतले जनायो । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा