सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख १२ । आईपिएलको ११ औ संस्करणमा दिल्लिको टिमले लगातार हार ब्यहोरेर दुखित बनेका कप्तान गौतक गम्भिरले दिल्लि डेयरडेभिल्सबाट बुधबार अचानक राजिनामा दिएका छन् ।
उनले दिल्लिको कप्तानी यसै बर्षमात्र सम्हालेका थिए । यो भन्दा पहिला उनी कलकत्ता टीमको कप्तान थिए । उनको कप्तानीमा कोलकत्ता टिमले दुई पटक आईपीएलको शिर्ष स्थान हात पारेको थियो । यद्यपी, उनले अब अगाडीको म्याचहरु खेल्नेछन् या खेल्नेछैनन त्यो भने तय भएको छैन ।
गंभिरको कप्तानीमा दिल्लिको टिमले यो सिजको आईपिएलमा ६ खेल खेल्यो जसमा ५ मा हार र एउटामा मात्र जित दर्ता गरेको थियो । अहिले उनको टिम सबैभन्दा पुछरमा परेको छ ।
गंभीरपछि अब टिमको कप्तानी श्रेयस अथ्यरले सम्हाल्नेछन् ।
उनले प्रेस बक्तब्यमा भनेका छन् “मैले कप्तानीको दबाब झेल्न पाईरहेको थिइन, यसैकारण कप्तानी छोड्ने फैसला गरेको छु । यो मेरो ब्यक्तिगत निर्णय हो । फ्रेन्चाइजीको कुनै पनि दबाब ममाथि छैन । मैले यो निर्णयको लागी मेरो श्रीमतीसँग पनि कुरा गरेको थिए” ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा