सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र २६ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा संगठन प्रमुखको अनिर्वाय अवकाश हुन तीन दिन मात्रै बाँकी रहँदा दुवै संगठनमा नयाँ संगठन प्रमुख को हुने भन्ने चर्चाले बजार तताएको छ।
सरकारले दुवै संगठनको आईजीपी नियुक्त गर्ने दिन नजिकिँदै गर्दा आईजीपीका दाबेदारहरूले संगठनमा निभाएको भूमिकालाई मूल्याङ्कनको आधार बनाएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
सशस्त्र प्रहरी बलमा आईजीपीको दाबेदारका रूपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्लो प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ। खनालको ब्याचबाट उहाँ एक्लै एआईजी बन्नुभएको थियो भने उहाँका सहयात्री ३ जना ११ महिनापछि मात्रै एआईजीमा बढुवा हुनुभएको थियो।
कार्य सम्पादन मूल्याङ्कन र संगठन हाँक्न सक्ने क्षमता र वरिष्ठताको आधारमा खनाल एक नम्बरमा रहनुभएको छ। नेपाल प्रहरीमा यसअघि वरीयता मिचिए पनि सशस्त्र प्रहरी बलमा भने अहिलेसम्म वरिष्ठतालाई बेवास्ता गरिएको छैन। सशस्त्र प्रहरी बल अर्धसैनिक प्रकृतिको संगठन भएकाले पनि सरकारले सो संगठनलाई विवादमुक्त बनाउने काम गर्दै आएको छ।
संगठन प्रमुखका लागि खनालभन्दा ११ महिनापछि एआईजीमा बढुवा भएका पुष्पराम केसीले समेत आफ्नो लबिङलाई तीव्र बनाएका छन्। भ्रष्टाचारको आरोपमा आईजीपीमा बहाल छँदै निलम्बनमा परेका कोषराज वन्त निकट भनेर चिनिने केसी सशस्त्र बलको कार्यविभागमा कार्यरत रहेका छन्। खनाल भने एआईजी भएदेखि नै मानवस्रोत विकास विभागमा कार्यरत छन्।
विशेष अदालतमा मुद्दा विचाराधीन रहेका पूर्वआईजीपी वन्तले एआईजी केसीलाई आईजीपी बनाउन शक्तिकेन्द्रसँग लबिङ गरिरहेको स्रोतले दाबी गरेको छ। खनाललाई रोकेर आफू अनुकूलका केसीलाई आईजीपी बनाउन सके आफ्नो भ्रष्टाचारको मुद्दामा आफू अनुकूलको सहयोग प्राप्त हुने अपेक्षा गर्दै पूर्वआईजीपी वन्तले एआईजी केसीलाई अगाडि ल्याउन शक्ति केन्द्र धाइरहेको आरोप लागेको छ।
पूर्वआईजीपी वन्त नेपालको सुरक्षा निकायको इतिहासमा बहालमै छँदा भ्रष्टाचारको आरोपमा निलम्बनमा परी पछि अवकाश पाएका थिए। निलम्बन परेयता सशस्त्र प्रहरी बलको कुनै पनि औपचारिक कार्यक्रममा वन्तले हालसम्म उपस्थिति जनाउन सकेका छैनन्।
सशस्त्र प्रहरीमा सेनामा झैं वरिष्ठताको आधारमा संगठन प्रमुख नियुक्त गर्ने परम्परा छ। सशस्त्रको झण्डै २ दशकको इतिहासमा सबै आईजीपीहरू वरिष्ठताको आधारमा तोकिएको छ। सोही आधारमा किशोर लामा १४ दिन आईजीपी हुनुभएको थियो। पूर्वआईजीपी लामाले अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरीमा वरीयताकै आधारमा आईजीपीमा बढुवा हुने गरेको बताउनुभयो। उहाँले सशस्त्रमा भएको वरिष्ठताको आधारको परम्परालाई नबिगारी लैजानुपर्ने बताउनुभयो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा