सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २१ । संयुक्त राष्ट्र सुरक्षा परिषदले मंगलबार आतंकवादि र चरमपंन्थिहरुको ताजा सुची तयार पारेको छ । जसमा पाकिस्तानबाट मात्र १३९ जनाको नाम परेको छ ।
डान न्युजको खबर अनुसार, सुचीको शीर्ष स्थानमा ओसामा बिन लादेनको उत्तराधिकारी ऐमन अल–जवाहिरीको नाम रहेको छ । संयुक्त राष्ट्रसंघले यी आतंकवादि अफगानिस्तान तथा पाकिस्तानको बोर्डर एरिया नजिकै लुकेर बसेको दावि गरेको छ ।
सुचीको दोस्रो स्थानमा परेका छन् रमजी मोहम्द बिन ल शईबाह जो एक यमन नागरीकको रुपमा चिनिन्छन् । उनलाई कराचीमा पक्राउ गरीएको थियो र अमेरीकी अधिकारीलाई सुम्पिएको थियो । यो सुचीमा दर्जनौ कुख्यात आतंकवादिहरुको नाम समावेश गरीएको छ ।
खबर अनुसार, संयुक्त राष्ट्रसंघले जारी गरेको आतंकवादिको यो सुचीमा भारतका मस्ट वान्टेट दाउद इब्राहिम कासकर पनि परेको छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद अनुसार, दाउदसँग कैयौ जाली पासपोर्टहरु रहेको पुष्टि गर्दै जो रावलपिडी र कराचीबाट जारी गरीएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघले दावी गर्दे कराचीको नुराबादमा दाउदको एउटा ठुलो बंगला रहेको बताएको छ । उनी १९९३ मा भएको मुबई बम विस्फोटका मास्टरमाइन्ड पनि हुन् ।
मिडियामा आएको पछिल्लो खबर अनुसार, यो सुचीमा मुंबई हमलाका सरगना हाफिज सईदको संगठन लश्कर–ए–तैयबा पनि परेका छन् ।
लश्कर–ए–तैयबा प्रमुख हाफिज सईदलाई एउटा यस्तो ब्यक्तिको रुपमा समावेश गरीएको छ जो ईन्टरपोलको खोजीको मोस्ट वान्टेट सुचीमा रहेका तथा आतंकवादी गतिविधिमा समावेश भएका । लश्कर–ए–तैयबाले मुंबईमा कैयौ ठाउँमा आतंकवादी हमला गरेका थिए, जसमा ६ अमेरीकी सहित १६६ जनाको मुत्यु भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा