सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ३० । संघीय मामिला तथा सामान्य प्रशासनबाट विभिन्न प्रदेश सरकारमा खटाइएका २३९ कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन् । सातवटै प्रदेशमा प्रदेश सरकार सञ्चालनका लागि गएका २३९ कर्मचारी अझै नगएको मन्त्रालयका उपसचिव सुभद्रा ढुंगेलले जानकारी दिए । उनका अनुसार प्रदेश सरकार सञ्चालन हुँदाखेरी नै पठाइएका ती कर्मचारी अटेरी गर्दै अझै प्रदेश कार्यालयमा हाजिर भएका छैनन् ।
उपसचिव ढुंगेलले सम्बन्धित प्रदेश कार्यालयले हाजिर नहुने कर्मचारीको विवरण पठाए उनीहरूलाई स्पष्टीकरण सोधिने बताए । सामान्यले प्रदेश सरकारमा केही समयका लागि आन्तरिक व्यवस्थापन गर्न भन्दै एक हजार ६८ कर्मचारी खटाएको थियो । प्रत्येक प्रदेश प्रमुखको कार्यालयमा सचिवको नेतृत्वमा र प्रदेश मन्त्रालयमा सहसचिवको नेतृत्वमा कर्मचारी खटाइएको छ ।
यसगरी खटाइएका १७ कर्मचारीले भने अझै पत्रसमेत बुझेका छैनन् । प्रदेश कार्यालयका लागि एक हजार ५०५ कर्मचारी आवश्यक भएकाले अपुग कर्मचारी पठाउने तयारी पनि गरिएको उनले जानकारी गराए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा