सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, फागुन ३ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपालले अहिले युएईसँग खेलिरहेको छ । नामिवियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा टस हारेर नेपालले बलिङको निम्तो पाएको थियो ।
निर्धारित ५० ओभर खेलेको युएईले ४ विकेट गुमाउदै २ सय ७७ रन बनाएको छ ।
उसका ओपनर रोहन मुस्तफा र अस्फाक अहमदले उत्कृष्ट ब्याटिङ गर्दै पहिलो विकेटका लागि सतकिए साझेदारी गर्दे सर्वाधिक १ सय १४ रन बनाएर सतकीय पारी खेले। उनले १२३ बलमा १० चौका र ३ छक्कासहित ११४ रन बनाए। त्यस्तै गुलाम साबेर १८ रन, रोहन मुस्ताफा ५१ रन, साहिकर अनवारले ४० रन बनाएर आउट भए । रामिद साहज ४१ रनमा नटआउट रहँदा मोहम्मद उस्मान २ रनमा नटआउट रहे ।
नेपालका लागि सन्दिप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मीले ११ विकेट लिए। युएइका एकजना ब्याटम्यान रन आउट भए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा