सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फाल्गुन १ । एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन्।
०४७ को तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ।
माले–माक्र्सवादी एकीकरणपछि बनेको एमालेमा माक्र्सवादीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष थिए भने मालेबाट मदन भण्डारी महासचिव बनेका थिए।
यसरी एकता गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालमध्ये एक जनालाई राष्ट्रपति पनि बनाउन सकिने उनको भनाइ छ।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार छलफल हुने भएको छ। आइतबार बस्ने भनिए पनि प्रचण्ड व्यस्त रहेका कारण भेटवार्ता हुन नसकेको एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ।
दुई नेताबीच सैद्धान्तिक-वैचारिक र सांगठनिक एकताको मोडालिटीमा आन्तरिक समझदारी भएपछि ठोस रूप दिने गरी छुट्टाछुट्टै कार्यदल बनाएर गृहकार्य अघि बढाउने पछिल्लो समझदारी भएको छ।
कार्यदलको गृहकार्य टुंगिएपछि एकता अन्तिम चरणमा पुग्ने दुवै पार्टीका नेताहरूले बताउँदै आएका छन्। नेतृत्वका लागि अध्यक्ष, सहअध्यक्ष र महासचिव, दुवै नेता अध्यक्ष या सहअध्यक्ष हुने, एउटालाई सर्वोच्च नेता बनाएर दुवै पार्टीबाट सहअध्यक्ष प्रमुख नेताका रूपमा रहनेलगायतका मोडालिटी छलफलमा छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा