सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टाउको जोडीएका दुई दाजुभाईको सफल शल्यक्रियाद्धारा नयाँ जिवन दिएर एम्सका डाक्टरहरुले इतिहास रचेका छन् । जुम्ल्याह दाजुभाईको यस किसिमको उपचार विश्वभरमा कौतुहल्ताको विषय बनेको छ । उडिशा घर भएका जग्गा र बलिया नामका जुम्ल्याह दाजुभाईको २५ अक्टोबर २०१७ मा भएको सल्याक्रिया पश्चात करिब चार महिनापछि उनीहरु स्वस्थ भएका हुन् ।
उक्त सल्यक्रियाको लागी १२५ जना डाक्टरहरुको समुह मिलेर दुईवटा 3D टाउकोलाई दिनको आठ आठ घण्टासम्म अभ्यास गरे पश्चात उक्त सल्यक्रियाको लागी तयार भएका हुन् ।
यस्तो थियो अमेरीकाबाट ल्याइएको 3D टाउको
डाक्टरहरुले अभ्यास गरेका उक्त 3D प्रिटिङ युक्त अमेरीकी प्रविधिबाट निर्माण भएको हो । यसलाई निर्माण गर्न एम्सका डाक्टरहरुलाई करिब १६ लाख रुपैया तथा करीब एक महिनासम्मको समय लागेको थियो ।
जग्गा तथा बलिया जस्तै आकार भएको दुईवटा टाउको अमेरीकी बैज्ञानिक जेम्स गुडरिजले बनाएका थिए । उक्त टाउको असली र नक्कली छुटाउनको लागी गाह्रो पर्ने देखिन्छ । उक्त टाउकोमा दुई दाजुभाईको जस्तै टाउकोको नसा, कपाल, दातँ लगाएत सबै प्रष्ट देखिएको थियो जसकोे मद्यतबाट डाक्टरहरुलाई शल्यक्रियाको समयमा टाउकोको कुन भागको सल्यक्रिया गर्ने तथा कुन नशालाई कुनसँग जोड्ने हो सबै जानकारी प्राप्त गर्न सकिन्थ्यो ।
सबैभन्दा चुनौतीपुर्ण थियो बच्चाहरुको ज्यान बचाउनु
एम्स हस्पिटलका न्युरो साइन्स सेन्टरका प्रोफेसर डा. दिपक गुप्ताले बताए अनुसार आजसम्म यस्ता किसिमका रोगीहरु त धेरै आए तर जसलाई अपरेशन थियटरसम्म त लान सकियो तर उनिहरुलाई बचाउन भने सकिएन । यी नै कारणहरुले गर्दा फेब्ररी २०१७ मा जब जग्गा र बलिया पहिलो पटक एम्स हस्पिटल आए तब डाक्टरहरुलाई सबैभन्दा पहिला उनीहरुको ज्यान बचाउनु चुनौतीपुर्ण जरुरी थियो ।
शल्यक्रियाको लागी १२५ डाक्टरहरुले २ हप्तासम्म दैनिक ८ घण्टा गरेका थिए अभ्यास
६ महिनासम्म यो केसलाई अध्ययन तथा अनुसन्धान गरेपश्चात दुई वटा अपरेशन पहिलो २७ घण्टा र दोस्रो १९ घण्टासम्म गरिएको थियो । १२५ जना डाक्टरहरुको समुहमा ३५ जना भन्दा बढि एम्सका अनुभवी बरिष्ठ तथा करीब ३० जना जुनियर डाक्टरहरु सहभागिता थिए ।
डाक्टरहरुले खुशी हुदै भने “यि बच्चाहरुको हाँसो तथा ठठ्यौली आवाज सुने पछि हाम्रो मेहनत सफल भएकोमा हाी खुशि भएका छौ” ।
एम्सका निर्देशक डा. रणदीप गुलेरियाले यो शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेकोमा सबै डाक्टरहरुको टिमलाई बधाई दिदै पुरै टिमलाई प्रशंसा पत्र दिएर सम्मान गरेका छन्, ताकी जग्गा र बलियालाई एम्सको ईतिहाससँग जोड्न सकियोस् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा