सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चलचित्र ‘कृ’ को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको चलचित्रप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा मंगलवार साँझबाटै बुकिङ ओपन गरिएको हो । चलचित्रलाई क्युएफएक्स सिनेमाले मात्रै १८ शो दिएको छ ।
चलचित्रले सिभिल मलमा ६ शो, लविङ मलमा ५ शो, कुमारी हलमा ४ शो, जय नेपालमा ३ शो, एफक्यूवमा ६ शो पाएको छ । बुकिङ आक्रामक भएको खण्डमा चलचित्रको शोमा बुधवार साँझबाट वृद्धि हुने निर्माण पक्षको भनाई छ ।
सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र तयार भएको हो । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा