सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ,माघ ३ । अनुराधा कोइरालालाई सरकारले प्रदेश नम्बर ३ को प्रदेश प्रमुख तोकेको छ । अनुराधा कोइरालाका एकमात्र छोरा मनिष कोइराला हुन् । उनले आफ्नी आमा बंशज नेपाली नागरिक भएको बताएको छ। आमाको पुरानो नागरिकतामा गुरुङ थर नै रहेको भए पनि पछि प्रतिलिपि निकाल्दा पिता दिनेशप्रसाद कोइरालाको थर प्रयोग गरिएको छोरा मनिषले जानाकारी दिएको हो। आफ्नी आमालाई अंगीकृत नागरिक भनी प्रचार गरिएकोमा आफ्नो चित्त दुखेको मनिषले जनाए ।
प्राप्त प्रतिलिपिअनुसार अनुराधाले काठमाडौं जिल्ला प्रशासनबाट बंशजको नागरिकता लिएकी छिन् । नागरिकतामा जन्मस्थान ओखलढुंगाको रुम्जाटार ३ उल्लेख भएको छ भने हालको वतन काठमाडौं– १० उल्लेख गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा