सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २ । नेपाल विद्यार्थी संघ गोरखा जिल्ला उपाध्यक्ष रमेश वास्ताकोटी माथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरी घाइते बनाएका छन् । प्रतिनिधी र प्रदेशसभाको चुनाव पश्चात समिक्षात्मक छलफल गर्ने क्रममा विना कारण सुनियोजित तरिकाले वाइसीएलका कार्यकर्ताले बास्ताकोटीलाई आक्रमण गरी घाइते बनाएको नेवि संघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए ।
घाइतेको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । यसैबीच नेपाल विद्यार्थी संघले एक विज्ञप्ती जारी गरेको घटनाको घोर भर्सना गरेको छ । महामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ती मार्फत उक्त घटनाका दोषीलाई तत्काल कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेका छन् ।
‘मानिसको मौलिकहक माथि जुनसुकै प्रहार पनि नेबिसंघले देशभरीका सम्पूर्ण साथीहरुले प्रतिकार गर्न अपिल गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा