सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दमक । दमकमा विश्वकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने तयारी अघि बढेको छ । यसका लागि कागजी काम भइरहेको दमक नगरपालिकाले जनाएको छ ।
दमक–३ मा पाँच सय ४२ फिट अग्लो मुर्ति राख्नका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको नगरपालिकाले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद बैठकले दमकमा औद्योगिक पार्क र बुद्धको मुर्ति राख्ने निर्णय गरेको थियो । कार्यकारी अधिकृत युवराज दाहालले मुर्ति बनाउनका लागि अहिले जग्गा अधिग्रहणमा केही समस्या देखिएको बताए ।
उनले प्रदेश र संघीय संसद बनेपछि बन मन्त्रालयको जग्गा अधिग्रह्ण गरेर निर्माणको काम अघि बढाइने बताए । १५ अर्ब ७५ करोडको लागतमा दुई सय ५६ विगाहमा बन्ने भनिएको बुद्धको पूर्ण कदको मुर्तिका लागि २५ विगाहबाहेक अन्य जग्गा अधिग्रहण गर्न बाँकी छ ।
मुर्ति स्थापनाका लागि चीन, ताइवान र कोरियाले चासो देखाएको उनको भनाइ छ । (अन्नपूर्ण पोष्ट दैनिक)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा