सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मङि्सर २९। प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा २१ गते भएको निर्वाचनको अन्तिम परिणाम शुक्रबार साँझसम्म आउने अपेक्षा गरिएको छ । अहिलेसम्म ७३ जिल्लाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।
सुनसरीको दुई क्षेत्र, कपिलबस्तु, सर्लाहीको दुई क्षेत्र, कैलालीको एक क्षेत्र, सुर्खेतको एक क्षेत्रको मतगणना जारी रहेको छ । हालसम्म ८८ लाखभन्दा बढी मतगणना भइसकेको पनि निर्वाचन आयोगले जनाएको छ ।
अहिलेसम्मको परिणाम अनुसार पाँच दल राष्ट्रिय दल बन्न सफल भएका छन् । समानुपातिकतर्फको मतगणना अनुसार पनि नेकपा एमालेकै अग्रता देखिएको छ । दोस्रोमा नेपाली कांग्रेस र निकै पछि तेस्रोमा माओवादी केन्द्र रहेको छ । यस्तै संघीय फोरम र राजपा पनि थ्रेसहोल्ड कटाउन सफल बनेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा