सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, मंसिर १९ । महालक्ष्मी बिकास बैंक ले सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ । एक कार्यक्रमका विच भक्तपुर नगरपालिका भेलुखेलमा रहेका उक्त आश्रमलाई ३८ हजार बराबरको ग्याँस तथा बिजुली दुवैबाट चल्ने हिटर वितरण गरेको हो ।
कार्यक्रममा भक्तपुर शाखाका शाखा प्रबन्धक आश कुमार जरेजुले सिद्धि स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष श्री श्याम सुन्दर धौभडेललाई हिटर हस्तान्तरण गर्नुभएको हो । जाडो मौसममा बृद्धबृद्धाहरुलाई स्वाथ्य सम्बन्धि विभिन्न समस्या आउने हुँदा बैकद्धारा प्रदान गरिएको हिटर अति उपयोगी हुने भन्दै अध्यक्ष धौभडेल लगाएत उपस्थित जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका थिए ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा