सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर १८ । भारतमा पछिल्लो समय बालबालिकामाथि हुने यौन दुव्र्यवहार बढेको छ । भारतीय अपराध अभिलेखालयको प्रतिवेदनका अनुसार भारतमा हरेक १५ मिनेटमा एकजना बालक वा बालिकामाथि दुव्र्यवहार हुने गरेको तथ्यांक सार्वजनिक भएको हो ।
प्रतिवेदन अनुसार सन् २०१६ मा १ लाख ६ हजार ९ सय ५८ बालबलिका दुव्र्यवहारमा परेका थिए । जसमध्ये ३६ सय घटना यौनदुव्र्यवहारको रहेका गृहमन्त्रालयले जनाएको छ ।
यो अघिल्ला दुई वर्ष अर्थात सन् २०१४ र १५ को तथ्यांक भन्दा धेरै हो । अध्ययनले धेरैजसो बाल बालिकामाथि दुव्र्यवहार गर्नेहरु उनीहरुकै नजिकका वा चिनेका आफन्त हुने गरेको पनि खुलाएको बिबिसीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा