सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २४। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भियतनाममा भइरहेको एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) बैठकलाई शुक्रवार सम्बोधन गर्दै अमेरिकाले ‘दीर्घकालीन व्यापार दुरुपयोग’ लाई सहेर नबस्ने बताएका छन् । ‘स्वच्छ पारस्परिक व्यापार अनुपालन गर्ने हो भने’ एपेक मुलुकहरूसँग काम गर्न अमेरिका तयार रहेको ट्रम्पले बताए ।
खुला व्यापारका कारण लाखौं अमेरिकी रोजगार धरापमा परेको र असन्तुलनलाई मिलाउन आफूले चाहेको उनले बताए । एसियाका पाँच देशको भ्रमणका क्रममा ट्रम्प भियतनाम आइपुगेका हुन् । एपेकमा प्रशान्त क्षेत्रका २१ अर्थतन्त्रहरू पर्दछन् र यसले संसारको कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत बराबरको भाग समेट्छ । राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनविरुद्ध शाब्दिक आक्रमण गर्दै ‘सबै सदस्यले नियम पालन नगर्ने हो भने’ यसले ‘राम्ररी काम गर्न नसक्ने’ बताए ।
उनले व्यापार असन्तुलनको गुनासो गर्दै अमेरिकाले बजार अवरोधहरू घटाएको र करहरू अन्त्य गरेको तर अन्य देशले यस्तै नगरेको बताए । ‘यस्ता अभ्यासले हाम्रो देशका धेरै मानिसलाई चोट पु–याउँछन्,’ उनले सम्मेलनमा भेला भएका व्यापारिक र राजनीतिक नेताहरूलाई बताए ।
तर उनले एपेक देशहरूमा दोष थोपरेनन् र यसको साटो पूर्ववर्ती अमेरिकी प्रशासनले यो ट्रेन्डलाई उल्ट्याउन पहिल्यै काम नगरेको बताए । बीबीसी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा