सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नयाँ दिल्ली, असोज २७ । भोकमरीको दृष्टिमा भारतको अवस्था उत्तर कोरियाको भन्दा नाजुक रहेको एक प्रतिवेदनले देखाएको छ । सो प्रतिवेदनअनुसार भारतको तुलनामा नेपालको अवस्था निकै सुदृढ छ । ‘ग्लोबल हंगर इन्डेक्स’मा भारतको अवस्था उत्तर कोरिया, म्यानमार, श्रीलंका र बंगलादेशको भन्दा खराब पाइएको हो ।
विश्वका विकासशील देशमा भोकमरीको समस्यामाथि इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्यूटका तर्फबाट प्रत्येक वर्ष जारी गरिने रिपोर्टमा एक सय १९ देशलाई समावेश गरिएको छ । उक्त सूचीमा भारत १०० औं नम्बरमा रहेको छ ।
दक्षिण एसियामा भारत यो सूचीमा पाकिस्तान र अफगानिस्तानभन्दा माथि छ । यो सूचकांकले विश्वभर भोकका विरुद्ध चलेको अभियानको उपलब्धिलाई दर्शाउने गर्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा