सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असोज २० । यस वर्षको नोबेल शान्ति पुरस्कार इन्टरनेसनल क्याम्पियन टु एबोलिस न्युक्लियर विपन्स आइक्यान लाई शुक्रवार प्रदान गरिएको छ। नर्वेली पार्लियामेन्टको छनोट समतिद्धारा ३१८ जना प्रतिस्पर्धि माझ आइक्यानलाई नोबल शन्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
आइक्यान संसारभरिका १०० भन्दा बढी देशहरुमा छरिएर रहेको गैरसरकारी संस्थाको संयोजनकारी संस्था हो। यसले आणविक हतियारको प्रयोगमा रोक लगाउनु पर्ने आवाज उठाउँदै आएको छ। यसको मुख्यालय स्वीटजरल्याण्डको जिनिभामा रहेको छ। उक्त समूहले डिसेम्बरमा हुने कार्यक्रममा ११ लाख डलर सहितको पुरस्कार पाउनेछ।
नर्वेली छनोट समितिले भनेको छ ” हामी एक संसारमा बस्छौं जहाँ परमाणु हतियार प्रयोग गर्ने जोखिम लामो समयको लागि भन्दा ठूलो छ। केही राज्यहरूले आफ्नो परमाणु शस्त्रागारको आधुनिकीकरण गर्दैछन्, र त्यहाँ एक वास्तविक खतरा छ कि थप देशहरूले परमाणु हतियारहरू खरीद गर्ने प्रयास गर्नेछ ” ।
नोबेल पुरस्कारको स्थापना सन् १९०० मा स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनेमाइटका आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । नोबेल फाउण्डेशन द्वारा स्वीडेनको वैज्ञानिक अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा सुरु गरिएको यो पुरस्कार भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा, र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिने विश्वको सर्वोच्च पुरस्कार हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा