सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज १७। ‘भूमिरक्षक’का रूपमा चिनिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनका छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।
सीमापारी दशगजा क्षेत्रमा रहेको आदर्श ग्राम पञ्चायतमा शनिबार राति सांस्कृतिक कार्यक्रममा गएका अजयलाई मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको कुनौलीका एक व्यापारीले जानकारी दिए ।
दुर्गापूजाको मेला हेर्न कुनौली पुगेर नाचगान हेर्दै गरेका बेला केही भारतीय युवाले अजयलाई कुटपिट गरेको र त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको यादव परिवारले बताएको छ ।
छोरा पक्राउ परेको खबर सुनेर खोजखबर गर्न गएका बाबु देवनारायणलाई समेत भारतीय प्रहरीले पक्राउ गरी भारत विहार राज्यको सुपौल जिल्लास्थित वीरपुर थानाको हिरासतमा राखिएको छ ।
उनीहरू दुबैलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिई हतकडी लगाएर राखेको छ । दशगजा क्षेत्रमा भएको झडपका बेला भारतको कुनौली थानाका इन्चार्ज रहेका विनोद यादवकै अगुवाइमा देवनारायण र उनका छोरालाई पक्राउ गरिएको यादव परिवारका सदस्यले बताए ।
त्यति बेलादेखि नै कुनौली थानाका इन्चार्ज विनोदले भाइ देवनारायणलाई निगरानीमा राखेको बताउँदै देवनारायणका दाजु असर्फी यादवले भने, ‘अहिले आएर अपहरणको झूटा मुद्दामा फसाउन खोजिएको छ ।’
भाइ देवनारायण र भतिजो अजयलाई वीरपुर थानामा हातखुट्टा बाँधेर राखिएको जानकारी दिँदै असर्फीले कुनौली थानाका इन्चार्ज विनोद यादवसँग पक्राउको कारणबारे सोध्दा ‘अदालतमा गएर बुझ्’ भन्दै हप्काएर पठाएको बताए । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले छोराको रिहाइका लागि सीमापार गएका यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । अन्नपुर्ण पोष्टमा खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा