सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान, असोज ७ । लहान नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा मुनी साहले ११ हजार ३०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अचमितलाल चौधरीले ९ हजार १३८ मत प्राप्त गरेका हुन् ।
यसैगरी उप–प्रमुखमा एमालेकै सरियारकुमारी चौधरीले ११ हजार १६८ मत प्राप्त गरी विजयी भएकी छिन भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुनम चौधरी (जसवालले) ले ९ हजार ९०६ मत प्राप्त गरिन् ।
लहान नगरपालिकाअन्तर्गत २४ वडामध्ये नेपाली काँग्रेसले ९, नेकपा एमाले ९, संघीय समाजवादी फोरमले चार र माओवादी केन्द्रले दुई स्थानमा विजयी भएका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा