सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज ४ । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी छ। मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंशपुर नगरपालिकाको मतगणना कार्य सम्पन्न भई मतपरिणाम सार्वजनिक भएको छ । हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी भएका छन्।
मतगणना जारी रहेका १३४ स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना कार्य सञ्चालन भइरहेको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) आज अपरान्ह ५ बजेसम्म प्राप्त विवरण अनुसार, हालसम्म २४९ वडाको मतपरिणाम प्राप्त भइसकेको छ। जसअनुसार, सप्तरी जिल्लाका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ।
मतगणना कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्नका लागि विभिन्न मतगणना स्थलमा निर्वाचन अधिकृतहरूले थप मतगणना टोली गठन गरी मतगणना कार्य अघि बढाइरहेको जानकारी प्राप्त भएको छ । एकाध ठाउँमा मतगणना अवरुद्ध भएकोमा मतगणना कार्य सुचारु गर्नका लागि सर्वदलीय सहमतिको प्रयास भइरहेको जानकारी समेत आयोगलाई प्राप्त भएको छ ।
सप्तरी जिल्लाको राजविराज नगरपालिकाको वडा नंं १५ मा राजपाका वडाध्यक्षका उम्मे्दवारको निधन भई स्थगित भएको निर्वाचन भोलि असोज ५ गते मतदान हुने कार्यक्रम रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा