सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वको सबैभन्दा लामो पर्खाल चीनको ग्रेटवालका बारेमा यस्ता छन् १२ रहस्यमय तथ्यहरु ;
१. चीनको विशाल पर्खाल (ग्रेटवाल) ढुङ्गा र पत्थर बाट बनेको दुनीयाको सवैभन्दा ठूलो पर्खाल हो। जसलाई चीनका विभिन्न शासकहरु द्धारा उत्तरी हमला बाट सुरक्षाका लागि पाँचौ शताब्दी देखी सोह्रौ शताब्दी सम्म निर्माण गरेका थिए।
२. यस पर्खालका केहि भागहरु एक आपसमा जोडिएका छन। यदि यस पर्खालका सबै भागहरुलाई एक आपसमा जोडिएमा यसको लम्बाई ८८४८ किलोमिटर सम्म पुग्दछ।
३. एक अनुमानका अनुसार यस पर्खाललाई निमार्ण का लागि २० देखि ३० लाख मानिसहरुले आफ्नो पुरा जीवन लगाएका थिए।
४. यस पर्खालको उचाई हरेक ठाउमा एउटै छैन। यस पर्खालको सबैभन्दा अग्लो स्थान को उचाई ३५ फिट छ भने सबैभन्दा होचो स्थानको उचाई केवल ८ देखी ९ फिट मात्रै छ।
५. टाढाबाट आउने शत्रुहरुलाई निगरानी राख्नका लागि निरिक्षण केन्द्र पनि बनाईएका छन्।
६.पर्खालको चौडाई यस्तो बनाईएको छ कि ५ घोडसवार या १० पैदल सैनिक साथ साथै गस्ती गर्न सक्छन।
७. यस पर्खाल लाई चीनीया नागरिकहरुले वान ली छांग छगं भन्दछन, जसको अर्थ हुन्छ चीनको विशाल पर्खाल।
८. यस पर्खालको निर्माण विदेशी हमलाबाट बच्नका लागि गरिए पनि शताब्दीयौ देखि यसको प्रयोग परिवहन तथा लामो यात्राका लागि पनि भईरहेको छ।
९. यो पर्खाल सदैव सुरक्षीत र अजय बन्न सकेन। कैयौं पटक हमलाबाट यसलाई विजय प्राप्त भयो या यस पर्खाललाई तोडियो। सन् १२११ म चंगेज खा यस पर्खाल लाई तोडेर चीनमा आएका थिए।
१०. यो पर्खाल लगभग ६४०० किलोमिटर लामो छ। यो पर्खाल यति ठूलो छ कि यसलाई अन्तरिक्षबाट पनि देख्न सकिन्छ।
११. यो पर्खाल निमार्णका लागि जो मजदुर लगाईएका थिए, जसले कडा परिश्रम गरेन उसलाई यहि पर्खालमा नै गाडिएको थियो। त्यसैले यो पर्खाललाई दुनिया कै सबै भन्दा लामो चिहान पनि भनिन्छ।
१२. तपाईलाई यो सुनेर हैरान हुन सक्छ कि भारतमा पनि यस्तै प्रकृतिको पर्खाल छ, जसले यो पर्खाललाई टक्कर दिन्छ। चीनीया पर्खाल समान बनाउने प्रयास अकबर ले पनि गरेका थिए तर उनि सफल भएनन। भारतको राजस्थानको कुंभलगढ क्षेत्रको सुरक्षाका लागि सन् १४४३ सुरु गरेर १४५८ निर्माण पुरा गरेका थिए। कुंभलगढ क्षेत्रको सुरक्षाका लागि निर्माण गरिएको पर्खाल को लम्बाई ३६ किलोमिटर छ। चीनको पर्खालको ५८८ गुणा छोटो भए पनि यो पर्खाल दुनियाकै दोस्रो ठूलो पर्खाल हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा