सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ब्रिटेनमा आतंकवादबाट रहेको जोखिमको तहलाई सबैभन्दा उच्चविन्दुमा पुर्याइएको छ।
त्यसको अर्थ थप आतंकवादी आक्रमणहरु हुनसक्ने प्रधानमन्त्री टरिजा मेले बताएकी छन्।
प्रहरी, सरकारी विभाग र निकायका विज्ञहरुको समूह ‘जोइन्ट टेरोरिज्म एनालिसिस सेन्टर’ले जोखिमको उच्चतहबारे निर्णय लिएको हो।
यसअघि जोखिमको तह दुईपटकमात्रै उच्चविन्दुमा पुर्याइएको थियो।
टरिजा मे
म्यानचेष्टर आक्रमणका संदिग्ध हमलाकारी सलमान अबेदीले एक्लै काम गरेको वा नगरेको भन्नेबारे अनुसन्धानकर्ताहरु निचोडमा पुग्न नसकेको प्रधानमन्त्रीले जनाइन्।
महत्वपूर्ण क्षेत्रहरुको सुरक्षाका निम्ति अबदेखि सेना खटाइनेछ।
सोमबार साँझ एकजना आत्माघाती हमलाकारीले म्यानचेष्टर एरिनामा आक्रमण गर्दा २२ जनाको ज्यान गएको थियो भने अन्य ५९ जना घाइते भएका थिए।
अबका केही हप्तामा ‘कन्सर्ट’ जस्ता कार्यक्रममा पनि प्रहरीको मातहतमा सैनिक खटिनसक्ने प्रधानमन्त्री मेले बताइन्।
प्रधानमन्त्रीले सर्वसाधारणले ‘अनावश्यक रुपमा त्रसित’ महसुस नगरुन् भन्ने आफूले चाहेको तर त्यस्तो त्रास ‘स्वाभाविक प्रतिक्रिया’ भएको बताइन्। विविसी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा