सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ साउन । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन अनलाइन आवेदन खुलेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘पाइलट प्रोग्राम’ का रूपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।
श्रम गन्तव्यको विविधीकरण र नेपाली युवालाई उच्च पारिश्रमिक भएको मुलुकमा रोजगारीका अवसर उपलब्ध गराउने ध्येयका साथ सरकारले बेलायतसँग द्विपक्षीय श्रम समझदारी गरेसँगै पहिलो चरणमा १०० जना नर्सको लागी आवेदन खुलेको हो ।
श्रम मन्त्रालय र बेलायती दूतावास, काठमाडौंले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दे बेलायत जान इच्छुक नेपाली नर्सले आज शुक्रबारदेखि आवेदन दिन सक्नेछन्। श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेशन पोर्टल समेत बनाएको छ। बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदन दिनका लागि नेपालको नसिंङ काउन्सिलमा रजिष्टर भएका नर्सहरुले, कम्तीमा तीन वर्षको नसिंङ कोर्ष पीसीएल वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, यस पेशामा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । यस्तै आवेदन दिएर छनौटमा परेका नर्सहरुले आइ ई एल टी एस मा न्युनतम ७ अंक अनिवाय ल्याउनु पर्नेछ ।
वैदेशिक रोजगार विभाग र बेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभागबीच आवश्यक समन्वयबाट स्वास्थ्यकर्मीको भर्ना प्रक्रिया अगाडि बढ्नेछ । बेलायत रोजगारीका लागि नेपाली स्वास्थ्यकर्मीको निश्चित योग्यता हुनुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी)’ प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागेको हो। उनीहरूले वार्षिक झन्डै ४७ लाख रुपैयाँ तलब पाउनेछन् भने बेलायतमा रजिस्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन्। उनीहरूले पाँच वर्ष मात्र काम गर्न पाउनेछन्।
स्वास्थ्यकर्मीको भर्ना प्रक्रियासँग सम्बन्धित सम्पूर्ण जानकारी श्रम मन्त्रालयको वेभसाइटमा राखिनेछ ।
नेपालको वैदेशिक रोजगारीका दायरा खाडी र मलेसियालगायत मुलुकमा सीमित थियो । वैदेशिक रोजगार विभागका अनुसार मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कुवेतले वैदेशिक रोजगारीको ९० प्रतिशत हिस्सा ओटगेका छन् ।
वैदेशिक रोजगार नीति, २०६८ ले रोजगार गन्तव्यको विविधीकरण गर्दै नेपालीलाई उच्च आय भएका मुलुकमा रोजगारी उपलब्ध गराउने विषयलाई जोड दिएको छ । पछिल्ला वर्ष सरकारले उच्च आय भएको मुलुकसँग समझदारी गरी नेपाली युवालाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । सरकारले यसअघि खाडी र मलेसियाबाहेक उच्च आय भएका इजरायल, जापान, मरिससलगायत देशसँग श्रम समझदारी गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा