सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम, ४ माघ । मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् ।
प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उनलाई १०२ सांसदले विश्वासको मत दिएको घोषणा गरे ।
गत पुस २७ गते जसपा संसदीय दलको नेता यादवले सत्ता साझेदार दलहरु र स्वतन्त्र साँसद गरी ६३ साँसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । २९ गते मुख्यमन्त्रिको पद तथा गोपनीयताको शपथ लिएका यादवले आज विश्वासको मत पनि प्राप्त गरेका हुन्।
मुख्यमन्त्री बन्ने बेलामा यादवलाई नेपाली काँग्रेस, लोसपा र नेकपा एसले समर्थन गरेको थिएन । तर आज काँग्रेस, लोसपा, नेकपा एस, सत्ता साझेदार सबै दल र तीन स्वतन्त्र साँसदले पनि उनलाई विश्वासको मत दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा