सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।
पछिल्लो मतगणना अनुसार ३०१५० मत गणना गर्दा रेनुले ११०४७ मत पाएकी छन्। त्यस्तै, एमालेका विजय सुवेदीले ९०५६ मत ल्याएका छन्। रेनु र विजयबीच १९९१ मतान्तरको फरक छ।
यस्तै, गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४९४२ मत ल्याएका छन्।
यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले १३२०४ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ७३५० मत ल्याएकी छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा