सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ ।
योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ ।
आइतबार कोभिडका २२ हजार नयाँ संक्रमित भेटिएका थिए ।
साढे दुई करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोभिड संक्रमणको चपेटामा परेको छ ।
देशको बृद्ध र खोप नलागाएको ठूलो जनसंख्यामा कोभिडको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा