सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । हरियो सागसब्जी स्वास्थ्यको लागि निकै नै महत्त्वपूर्ण मानिन्छ । यद्यपि तपाईले सबै तरकारी खाने बानी बसाल्नु पर्छ तर केहि तरकारीहरु यस्ता छन् जसमा पोषक तत्वले भरपुर मात्रामा पाइने हुनुका साथै धेरै रोगहरुको जोखिमलाई पनि कम गर्छ । जसमध्ये चिप्ले भिन्डी पनि एउटा यस्तो हरियो तरकारी हो जसले स्वास्थ्यमा निकै नै सकारात्मक प्रभाव पार्दछ । तर पछिल्लो समयका नयाँ पिडिहरुले यसमा आउने चिप्लोपनको कारण मन पराउदैनन् । तर यही चिप्लोपनको गुणले नै शरीरका लागी बरदान साबित भएको छ । सिजनको बेला सजिलै र कम मुल्यमा हाम्रो भान्सामा पाइने भिन्डीलाई नछुटाइ खानामा समावेश गनै प्रयास गरौँ ।
के तपाईलाई थाहा छ चिप्ले भिन्डी तपाईको लागि कति फाइदाजनक छ ? चिप्ले भिन्डी खाँदा रगतमा चिनीको मात्रा सन्तुलन मात्रै राख्दैन, मुटुलाई पनि फिट राख्छ । त्यसोभए लेडीफिंगर खानुका अन्य फाइदाहरू के के छन् आउनुहोस् जानौं।
चिप्ले भिन्डीले खराब कोलेस्ट्रोल कम गर्छ
चिप्ले भिन्डीमा प्रशस्त मात्रामा फाइबर हुन्छ, यसमा भिटामिन, मिनरल्सलगायत धेरै पोषक तत्वहरू पाइन्छ। भिन्डीमा पेक्टिन नामक तत्व हुन्छ, जसले खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्छ। यस्तो अवस्थामा जब तपाईको कोलेस्ट्रोल सन्तुलित हुन्छ, तब हृदयघातको जोखिम पनि कम हुन्छ ।
ब्लड–सुगर नियन्त्रण गर्छ
चिप्ले भिन्डी खानु मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । किनभने यसमा उच्च फाइबर हुन्छ। पाचन प्रणालीको साथसाथै भिंडी खाँदा शरीरमा रगतमा चिनीको मात्रा पनि ठीक हुन्छ ।
चिप्ले भिन्डी क्यान्सरमा पनि उपयोगी
चिप्ले भिन्डीमा अन्य तरकारीको तुलनामा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ । जसले क्यान्सरको जोखिम कम गर्दछ । भिण्डीमा पाइने उच्च फाइबरले पाचन क्रियालाई स्वस्थ राख्दै क्यान्सरको जोखिमबाट बचाउँछ।
चिप्ले भिन्डी पक्कै खानुहोस्, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुहोस्
मानिसमा रोग प्रतिरोधात्मक क्षमताको विकासको लागी चिप्ले भिन्डी बरदान साबित भएको छ । मानिसमा आइपर्नै साधारण रोगदेखी जटिल प्रकारका रोगहरु लाग्न नदिनको लागी रोग प्रतिरोधात्क क्षमता बलियो बनाउन आफनै भान्सामा पाइने भिन्डी सहि सावित भएको छ ।
कोरोनाको समयमा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनु निकै महत्वपूर्ण भएको थियो। यस्तो अवस्थामा चिप्ले भिन्डी एउटा यस्तो तरकारी हो, जसले तपाईको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सक्छ । त्यसैले यो सब्जीलाई आफ्नो आहारमा समावेश गर्ने प्रयास गर्नुहोस्।
नोट : यहाँ दिइएको जानकारी घरेलु उपचार र सामान्य धारणामा आधारित हो । कृपया यसलाई अपनाउन अघि चिकित्सकसँग राम्रोसँग सल्लाह लिनुहोस् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा