सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संकम्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ३७७ जनामा गरीएको पिसिआर परिक्षणबाट थप ५ हजार ५९८ जनामा र४ हजार ६० जनामा गरिएको एन्टिजेन परिक्षणबाट थप ८६४ जनामा गरी थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअबधिमा थप १ हजार ४१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनालाई जित्नेका संख्या ८ लाख २१ हजार ६९९ पुगेको छ । जुन ९०.३ प्रतिशत हो ।
२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मुत्यु भएको छ । योसहित नेपालमा हालसम्म कोरोनाबाट मुत्यु हुनेको संख्या ११ हजार ६५५ पु्गेको छ ।
हालसम्म नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या ७७ हजार ४० रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये १४९ जना क्वारेन्टाइनमा रहेका छन् ।
२४ घण्टामा ४९ हजार ४७३ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा