सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत १५ – सेयर किन्नेको चाप बढेपछि शेयरबजारको कारोबार मंगलबारका लागि रोकिएको छ । बजार खुलेको केहीबेरमै तीन प्रतिशतले बजार बढेपछि १५ मिनेटका लागि सर्किट ब्रेक लागेकोमा बजार फेरि खुल्दा ४ प्रतिशतले बढेपछि आधा घण्टाका लागि कारोबार रोकिएको थियो । त्यसपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि मंगलबारका लागि कारोबार बन्द गरिएको हो । पछिल्ला दिनमा लगातार बढीरहेको नेप्सेमा आज मंगलबार बिक्रीकर्ताको चाप बढेपछि सबैजसो कम्पनीको सेयरभाउ पनि उकालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार १ अर्ब ३८ करोडभन्दा बढीको सेयर कारोबार भएको दिन सबैभन्दा धेरै नेपाल बंगलादेश बैकको सेयर ९ करोड ४४ लाखभन्दा धेरैको कारोबार भएको छ । झण्डै ७७ अंकले बढेको नेप्सेले मंगलबार १६ सय १० अंक पार गरेको छ । मंगलबार ६ वटा कम्पनीको सेयर १० प्रतिशतले उकालो लागेको छ । सबै समूहको उपसूचक उकालो लागेको दिन मंगलबार वीमा समूह ५ सय ३ अंकले बढेको छ । यस्तै, जलविद्युत १ सय ६ दशमलव ५, विकास बंैक ८३, बंैकिङ ७५, होटल ७१ र वित्त समूह ३९ अंकले बढेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा