सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ। एसिसि इमिर्जिङ नेसन्स कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानको २३ बर्षमूनिका टोलीबिचको खेल सुरु भएको छ । नेपालले भर्खरै टस हारेर व्याटिङको निम्तो पाएको हो ।
नेपाली टिम नियमित कप्तान पारस खड्काबिना नै मैदानमा उत्रिएको छ । नेपाली टोलीमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् ।
ताजा अवस्थामा ७ ओभर चलिरहँदा नेपाल बिनाविकेटको क्षतीमा १९ रन बनाएर खेलिरहेको छ ।
वरिष्ठ खेलाडीलाई आराम दिएका कारण यस पटक तीन नयाँ खेलाडी आशिफ शेख, दिलीप नाथ र दीपेश श्रेष्ठले पहिलो पटक खेल्न लागेका हुन् ।
खेल तालिकानुसार नेपाल समूह ‘बी’ मा छ । सोही समूहमा आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । त्यस्तै समूह ‘ए’ मा भने भारत, श्रीलङ्का, अफगानिस्तान र मलेसिया छन् ।
लाइभ स्कोर हेर्न यहाँ क्लिक गनुहोला
http://emergingteamsasiacup2017.sportsmechanics.in/matchcenter.html
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा