सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । साफ च्याम्पियनसिप फुटबलको उपाधि उचाल्ने नेपालको लक्ष्य अधुरो भएको छ । ऐतिहासिक उपलब्धिसँगै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालले भारतसँग ३–० गोल अन्तरले पराजित भएसँगै नेपालमा उपाधि उचाल्नबाट बन्चित भएको हो।
माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । भारतले पहिलो हाफलगत्तै दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो भने खेलको अन्तिम विन्दुमा पुग्दा अर्को गोल गरेर तीन गोलको अग्रता लियो ।
खेलको ४८औँ मिनेटमा भारतीय टोलीकाकप्तान सुनिल क्षेत्री र ५०औँ मिनेटमा सुरेश सिंहले गोल गरे भने ८९ मिनेटमा सहाद अब्दुलले गोल गरे ।
सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा