सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पन्जाबका नवनियुक्त मन्त्री तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्धुले आफूले टिभी शोमा काम गर्न पाउनुपर्ने बताएका छन्। आफ्नो परिवार पाल्न र घर चलाउन पैसा कमाउनु पर्ने भन्दै उनले शोमा काम गर्न पाउनुपर्ने बताएका छन्।पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले यस विषयमा कानुनी राय मागे पछि पन्जाबका एड्भोकेट जनरलले मन्त्री भएका सिद्धुले टिभी शो गर्न नसक्ने बताएका थिए। मन्त्रीले अरु काम गर्न नैतिक नहुने र यो भएमा गलत प्रथा सुरु हुने भएकाले यसलाई इजाजत नदिइएको उनले बताएका छन्।
द कपिल शर्मा शोमा काम गर्दै आएका सिद्धुले यस निर्णयबारे बोल्दै भनेका छन्, ‘मेरो परिवार पाल्न र घर चलाउन मैले टिभीमा काम गर्दै आएको छु। मैले काम गर्न पाउनु पर्छ।’सिद्धुको समर्थनमा बोल्दै मुख्यमन्त्रीले भनेका छन्, ‘जीवनयापन गर्न आवश्यक पैसा नभई कोही कसरी जीउन सक्छ? के मन्त्रीहरुको आफ्नो आम्दानी रोकेर उनीहरु मन्त्रीहरुलाई भ्रष्ट गराउन चाहन्छन्?’तैपनि उनले अझै एडभोकेट जनरलको अन्तिम निर्णय पर्खिएको बताएका छन्।
सिद्धुले आफू मन्त्री भएर मात्र पैसा कमाउन भ्रष्ट हुन नसक्ने बताउँदै परिवार पाल्ने र घर चलाउने पैसा टिभी शोबाट कमाउने बताएका छन्।
उनले भनेका छन्, ‘मलाई भोट दिनेहरुलाई मैले टिभी शोमा काम गरेकोमा कुनै आपत्ति छैन र अरु कसैलाई हुन पनि आवश्यक छैन। म साँझ ७ देखि बिहान ६ बजेसम्म के गर्छु भन्ने अरुको चासोको विषय होइन। मैले पहिले नै टिभी शोसँग सम्बन्धीत ७५ प्रतिशतभन्दा बढी काम बन्द गरिसकें। मैले आइपीएल छाडे। अब उनीहरु के चाहन्छन्? के म कमाउनै छोडुँ?
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा