सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ११ । दक्षिण कोरियालाई हराउँदै चीनले विश्वकप फुटबल छनोट चरणमा पहिलो जित दर्ता गराएको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा चीनले दक्षिण कोरियालाई १–० ले हरायो । जितपछि चीन विश्वकप फुटबल छनोट एसियाली समूह ‘ए’ को अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।
समुहका १० मध्ये ६ खेल सकिँदा चीनको ५ अंक छ । शीर्ष स्थानमा रहेको ईरानको १४ अंक छ भने १० अंक जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा छ । ९ अंक जोडेको उज्वेकिस्तान तेस्रो स्थानमा रहँदा चौथो स्थानको सिरियाको ८ अंक छ । चीन पाँचौं स्थानमा छ भने ६ खेलबाट ४ अंक मात्रै जोडेको कतार तालिकाको पुछारमा छ ।
गएराति भएका अन्य खेलहरुमा ईरानले कतारलाई तथा उज्वेकिस्तानले सिरियालाई १–० ले हराएका छन् ।
विश्वकप फुटबल छनोटअन्तर्गत एसियाली समुह ‘बी’ का खेलमा साउदी अरेबिया र जापान विजयी भएका छन् । साउदी अरेबियाले थाईल्याण्डलाई ३–० ले हराउँदा जापानले युएईलाई २–० ले पाखा लगाएको छ ।
अष्ट्रेलियालाई भने ईराकले १–१ गोलको बराबरीमा रोकेको छ । यो समुहका ६ खेलहरु सकिँदा १३/१३ अंक जोडेका साउदी अरेबिया र जापान शीर्ष दुई स्थानमा रहेका छन् । तेस्रो स्थानको अष्ट्रेलियाको १० अंक छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा