सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ३६ लाख ५२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । विश्वभर पछिल्लाे २४ घण्टामा मात्र ६ लाख ५८ हजार जना संक्रमित थपिएका छन् जसमध्ये भारतमा सबैभन्दा बढि १ लाख ६९ हजार ३०५ जना छन् । पछिल्लाे २४ घण्टामा विश्वभर ११ हजारकाे मृत्यु भएकाे छ । जसमध्ये २ हजार ५ सय ३५ जना ब्राजिलमा मृत्यु भएकाे छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १० करोड ९३ लाख ५७ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १३ करोड ५९ लाख ४९ हजार नाघेको छ भने मृतकको संख्या २९ लाख ३८ हजार ८१० जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख २ हजार ६०६ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड १८ लाख ६९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ७५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ४४ लाख २३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ७० हजार जनामा भाइरस सक्रिय छ ।
दाेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ३४ लाख ४५ हजार जना संक्रमितमध्ये १ कराेड १८ लाख ३८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ५१ हजारभन्दा बढी छन् । हाल १२ लाख ५४ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३३ लाख ५५ हजार ४६५ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा तेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ६९ हजार ३०५ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड २० लाख ७८ हजार ३३३ जना निको भएका छन् । सक्रिय केस ११ लाख ७ हजार ८२७ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
नेपालमा भाइरस संक्रमित २ लाख ७९ हजार ७२५ जना पुगेका छन् भने २ लाख ७३ हजार ८८६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ३९ पुगेको छ भने २ हजार ८०० जना उपचाररत छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा