सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पछिल्लो २४ घण्टामा १२० नयाँ कोरोनासंक्रमित थपिएका छन् । थप गरिएका संक्रमितसहित् कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ८३ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन् । योसहित् स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७० हजार ७६६ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्ममा कोरोनाका कारण ३ हजार १० जनाको मृत्यु भएको छ । २१ लाख ८५ हजार १९० जनाको पिसिआर टेस्ट भएको छ ।
मन्त्रालयका अनुसार देशमा ८३२ सक्रिय संक्रमित रहेका छन् ।
२४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा