सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले तीन वर्ष जेल सजाय तोकेको छ ।
सार्कोजीले आफूविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा अदालतले जेल सजाय तोकेको समाचार संस्था सीएनएनले जनाएको छ ।
फ्रान्समा जेल सजाय हुने सार्कोजी फ्रान्सका पहिलो राष्ट्रपति हुन् । ६६ वर्षीय सार्कोजीले सजाय भएकामध्ये दुई वर्ष जेलमा र बाँकी एक वर्ष घरमै बस्न सक्ने जनाइएको छ । सार्कोजी सन् २००७ देखि १२ सम्म फ्रान्सको राष्ट्रपति रहेका थिए ।
सार्कोजीका कानुन व्यवसायी र सरकारी अधिकारीबीच भएको टेलिफोन कुराकानी सन् २०१४ मा प्रहरीले टेपिङ गरेको थियो । सार्कोजीका कानुन व्यवसायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई पनि तीन वर्ष जेल सजाय सुनाइएको छ ।
सार्कोजीलाई आफूले गरेको काम गलत थाहा हुँदाहुँदै पनि संलग्न भएको र कानुन व्यवसायीले न्यायालयको छवि बिगारेको न्यायाधीशले उल्लेख गरेका सीएनएनले जनाएको छ । सन् २०१२ को राष्ट्रपतीय निर्वाचनमा आर्थिक अनियमितता गरेको आरोपमा सार्कोजीविरुद्ध मार्च १७ देखि अर्को सुनुवाइ पनि हुँदै छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा