सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बताइएको छ । अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ ।
गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन् ।
तीन दिनअघिको घटना भने नकुला पासमा भएको बताइएको छ । भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा