सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज विहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए ।
आगलागीबाट खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिव रु २० लाख मूल्य भन्दा बढीको क्षति भएको उनले बताए । आगलागीलाई स्थानीयवासी बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले नियन्त्रणमा लिएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा